नियम
मनोरञ्जन अनुदान पाउने

(१) इस्टाब्लिसमेण्ट बमोजिम फर्मेशन, युनिट सवयुनिटको तफ्रीलाई मात्र मनोरञ्जन सुविधाको अधिकार प्राप्त हुनेछ ।
(२) प्रत्येक व्यक्तिलाई वर्षको तीन रुपैयाको दरले मनोरञ्जन सुविधा प्रधान गर्न सकिनेछ ।
(३) कुनै युनिटको तफ्री एक सय जवानभन्दा घटी भएमा उक्त सवयुनिटले पाउने रकममा रु. ५०। पचास रुपैयासम्म थप र तीन सय सम्म तफ्री भएका सवयुनिटलाई रु. २५। पच्चीस रुपैया“सम्म थपको दरले सुविधा रकम प्रदान गर्न सकिने छ ।
(४) सैनिक अस्पतालको इस्टाब्लिसमेण्टले पाउने मनोरञ्जन सुविधाको अतिरिक्त वार्षिक मनोरञ्जन रकम रु. २००।– दुईसय रुपैया“रोगीहरूको निमित्त छुट्टै थप गर्न सकिनेछ ।

(५) दुर्गमस्थान वा अनकण्टार वा एकलासे ठाउँमा साना साना टुकडिमा रहेको नेपाली सेनाका अंगहरूको निमित्त आफ्नो युनिट वा सवयुनिटबाट पाउने मनोरञ्जन सुविधाको थपमा वार्षिक खर्च रु. ५०।– पचास रुपैयाँसम्म छुट्टै थप दिन सकिनेछ ।
(६) जंगी अड्डा वा कुनै फर्मेशनद्वारा प्रतियोगितात्मक खेलकुद वा कुनै किसिमको मनोरञ्जन कार्य गर्न गराउन परेमा रु. २०००।– दुई हजार रुपैयाँसम्म विशेष मनोरञ्जन सुविधाको निमित्त जङ्गी अड्डालाई जिम्मा दिन सकिनेछ ।